जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक कोभिड १९ बाट एकजना सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो महिला हुन् । जेठ १ गते राति उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।त्रि.बि. शिक्षण अस्पतालमा गत वैशाख २३ गते सुत्केरीका लागि भर्ना भएकी ति महिलाको २४ गते नर्मल डेलिभरी भएको थियो र २५ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि उनलाई आफ्नै घर सिन्धुपाल्चोकको राम्चे लगिएको थियो । त्यसपछि उहाँमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि ल्याएको थियो । कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण भएकाले मृत्युपछि ति महिलाको धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो ।
यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

