जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा फेरि अर्का एक जना पुरुषको कोभिड—१९ संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड—१९ बाट ज्यान जानेहरुको संख्या २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको आइतबार भएको मृत्यु कोभिड १९ बाट मृत्यु भएको पुष्टि गरेको छ ।
ति युवक गत वैशाख ३० गते भारतबाट आएका थिए । गएराति स्वास्थ्यमा समस्या आएको थियो । आइतरबा बिहान ६.४० बजे मृत्यु भयो । यद्यपी मुलुकमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराउनुभयो ।
यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोभिड १९ बाट मृत्य भएको थियो ।
मुलुकमा कोरोना संक्रमित २९१ पुग्दा २ जनाको ज्यान गयो भने ३६ जना निको भएर घर फर्केका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

