जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा नोबेल कोरोना भाइरस संक्रमितहरुको संख्यामा बृद्धि भइरहेको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार, रौतहट र बाराका थप ९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३०४ पुगेको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् । त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

