जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा एकैदिन सोमबार मात्र थप ६२ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ३५७ पुगेको छ । जसमध्ये पुरुष २९८ जना र महिला ५९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह मात्र थप ५३ जनामा कोभिड १९ पुष्टि भएको जानकारी गराएको छ ।यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि गरेको थियो । मन्त्रालयका अनुसार, बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक—एक जना पुरुषको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो । उनीहरुसबै १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेका छन् । हाल मुलुकमा ३१ जिल्लाका नागरिक कोभिड १९ संक्रमित भएका छन् । कुल संक्रमितमध्ये २ जनाको ज्यान गएको छ भने ३६ जना निको भएर घर फर्केका छन् । हालसम्म मुलुकमा पिसिआर विधिबाट ३० हजार ७२३ जनाको कोरोना परीक्षण भएको छ । आरडिटी विधिबाट ६९ हजार ५६० परीक्षण भएका छन् । संक्रमित र सम्भावित संक्रमित ४१२ जना आइसोलेसनमा राखिएको छ । काठमाडौं उपत्यकामा २६ जना व्यक्ति रहेका छन् । मुलुकभर २० हजार ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
