जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मङ्गलवार अपरान्हसम्म पुष्टि भएका थप २७ जना कोभिड १९ संक्रमितसहित कुल संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु १७ देखि ४२ उमेर समूहका रहेका छन् । जसमध्ये २४ जना पुरुष र महिला रहेका छन् ।
झापामा ९, मोरङ्ग १, सुनसरी १, सर्लाहीको २, काठमाडौको ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुरको १, सिन्धुलीको १, लमजुङ्गको १, कपिलवस्तुको ४ र नवलपरासीको १ गरी जम्मा २७ जना थप संक्रमितहरुको पहिचान भएको छ ।
अहिलेसम्म कुल संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना रहेका छन् । हाल संक्रमित रहेका जिल्लाको संख्या ३६ पुगेको छ । विगत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२ हजार ६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म २१ हजार ६२३ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
