जनस्वास्थ्य सरोकार, काठमाडौं । बुधबार तीन वर्षीय बालकसहित थप २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
संक्रमित भएकाहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी जिल्लाका व्यक्ति रहेका छन् । संक्रमितहरु ३ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४२७ पुगेको छ । जसमा ३५८ जना पुरुष र ६९ जना महिला छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, हालसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी विधिबाट ७५ हजार ७२ जनाको कोभिड १९ परीक्षण भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी विधिबाट ३ हजार ६ सय १० जनाको थप कोरोना परीक्षण भएका छन् । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन् । यसैगरी कोशी अस्पतालबाट ८ जना पुरुषहरुले कोभिड १९ जितेका छन् ।
कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने व्यक्तिहरुको संख्या ४५ पुगेको छ । कोभिड १९ संक्रमित भएका व्यक्तिहरुमध्ये २ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
