जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहीबार बिहान थप १७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो मुलुकमा कोरोना संक्रमितहरुको संख्या ४४४ पुगेको छ ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा कोभिड १९ को नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ ।
यसरी नयाँ संक्रमित देखिनेहरुमा झापा, कचनकवल गाउँपालिका—३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप—महानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् । हाल उनीहरुको स्वास्थ्यवस्था सामान्य रहको सहप्रवक्ता डा.अधिकारीले जानकारी गराउनुभएको छ ।मुलुकमा कोभिड १९ संक्रमितमध्ये ४५ जना निको भएर घर फर्केका छन् भने २ जनाको ज्यान गएको छ । हालसम्म मुलुकमा पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी विधिबाट ७५ हजार ७२ जनाको कोभिड १९ परीक्षण भएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
