जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका चार जना कोेभिड १९ संक्रमित बिहीबार निको भएर डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोभिड १९ संक्रमित निको हुनेको संख्या ४९ पुगेको छ ।
डिस्चार्ज हुनेमा २ पुरष र २ महिला छन् ।
भक्तपुर दुवाकोटका पुरुष, ठिमीमा साथीको कोठामा बसेकी नर्स, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार, २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा कोभिड १९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् । एक जना महिला आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । अस्पतालमा थप एक जना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
