जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहीबार साँझ थप तीन जनामा कोभिड १९ पुष्टि भएको छ । योसँगै मुलुकमा कोभिड १९ संक्रतिहरुको संख्या ४५७ पुगेको छ ।
बिहीबार साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन् ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना
यसैगरी बिहीबार कोभिड १९ संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाहरुको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् ।नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
