जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान अद्यावधिक गरेको तथ्यांकमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोभिड १९ संक्रमित भेटिएका हुन् । संक्रमितहरु १५ वर्षदेखि ८४ वर्ष उमेर समूहका रहेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जना नयाँ कोभिड १९ संक्रमित पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोनाले मृत्यु भएकाहरुको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
