जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह थप २२ जनामा कोरोना संक्रमण पुष्टि गरेसँगै कोरोना संक्रमतिहरु ५०७ पुगेको हो । यसमा पुरुषहरु ४३३ र महिला ७४ जना रहेका छन् । यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना पुष्टि भएको थियो ।
अपरान्ह सेति प्राादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका जानकी नगरपालिकाका १९,२३ र २६ वर्षका ३ जना पुरुष, डडेल्धुरा परशुराम १० का २८ वर्षीय १ जना पुरुष, बैतडी शिवनाथका २२ वर्षीय १ जना पुरुष, बाँकेको राप्ति सोनारी र नरैनापुरका १८ वर्षदेखि ६१ वर्षका १४ जना पुरुष, जसको भेरि जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । मोरङ रतुवामाइका ४० वर्षीय पुरुषमा कोभिड १९ पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा २७ हजार ८ सय २० जना रहेका छन् । कोभिड १९ पुष्टि भएका ४३३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरानो संक्रमण देखिएका जिल्लाहरुमा ४१ पुगेको छ । यसैगरी हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरिडिटीबाट ८२ हजार ११६ जनाको कोभिड १९ परीक्षण भएको छ ।हालसम्म कोभिड १९ संक्रमितमध्ये ७० जनाले कोरोना जितेका छन् भने ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
