
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानको अपडेट अनुसार, थप ३२ जनामा नयाँ कोभिड १९ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड—१९ प्रयोगशालामा परीक्षण गरिएको थियो । कहाँ कहाँ पुष्टि भयो ?
शनिबार बिहान पुष्टि भएकाहरुमा सर्लाहीमा १३, कपिलवस्तुमा ८, रुपन्देहीमा ८, बारामा १, चितवनमा १, काठमाडौंमा १ जना रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ ।शनिबार बिहान कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ जना भएका छन् । यसैगरी सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । शनिबार बिहानसम्म रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका—६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म क्वारेन्टाइनमा २७ हजार ८ सय २० जना रहेका छन् । कोभिड १९ पुष्टि भएका ४३३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरानो संक्रमण देखिएका जिल्लाहरुमा ४० पुगेको छ । यसैगरी हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरिडिटीबाट ८२ हजार ११६ जनाको कोभिड १९ परीक्षण भएको छ । हालसम्म कोभिड १९ संक्रमितमध्ये ७० जनाले कोरोना जितेका छन् भने ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

