जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह थप ३६ जनाका कोेभिड १९ संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ५८४ पुगेको हो । यसअघि शनिबार बिहान ३२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । शनिबार मात्र ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, शनिबार अपरान्ह कोभिड १९ पुष्टि भएकाहरुमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जना रहेका छन् ।हालसम्म नेपालमा पिसिआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी बाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । हाल मुलुकभर ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन् भने संक्रमित र सम्भावित संक्रमित ५ सय ८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म ७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

