जनस्वास्थ्य सरोकार, बीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा कोभिड १९ उपचाररत ९ जनाले कोरोना जितेका छन् । यो मुलुकमा कोरोना निको हुनेहरुको संख्या ७९ पुगेको छ ।
९ जना डिस्चार्जसँगै अस्पतालमा ८७ जना अहिले पनि उपचाररत छन् । २ पटकसम्म गरिएको कोभिड १९ परीक्षण रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई शनिबार साँझ डिस्चार्ज गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा. मदन उपाध्यायका अनुसार, डिस्चार्ज भएकाहरुमा वीरगन्जका तीन, बाराका दुई, रौतहटका तीन गरी ८ जना नेपाली र १ जना भारतीय पुरुष रहेका छन् । उनीहरुलाई एक साता सेल्फ आइसोलेसनमा बस्ने सर्तमा डिस्चार्ज गरिएको समाचार छ । यसैगरी वैशाख १४ मा निको भइ अस्पतालबाट डिस्चार्ज गरेर पठाए पनि फेरि एक हप्तापछि संक्रमण देखिएर अस्पतालमा ल्याएर राखिएका दुई जनालाई पनि शनिबार नै डिस्चार्ज गरिएको छ ।अस्पतालबाट डिस्चार्ज गरिएको एक हप्ता बित्न नपाउँदै दुवै जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वैशाख २१ गते फेरि अस्पताल भर्ना गरिएको थियो । वैशाख २१ गते अस्पतालमा ल्याएर राखेपछि लगातार दुई रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले उनीहरुलाई डिस्चार्ज गरिएको जनाइएको छ । हाल नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ । जसम्ध्ये ७९ जना निको भएका छन् भने ३ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
