जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ६०३ पुगेको छ । आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
संक्रमित भएकाहरुमा ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् ।
नुवाकोटसहित मुलुकका ४२ जिल्लामा कोभिड १९ संक्रमित व्यक्ति फेला परेका छन् ।हालसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ जनाको नमुना परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ९० हजार २६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
हालसम्म संक्रमण देखिएकामध्ये ८७ जना निको भएर घर फर्किसकेका छन् । ३ जनाको ज्यान गएको छ । देशभर सबै प्रदेशमा गरी ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेका र आइसोलेसनमा रहेकामध्ये ५१३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।यति धेरै संक्रमित हुनमा कोरोना समुदायमा फैलिसकेको विज्ञहरुले बताउँदै आएका छन् । उनीहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझावसमेत दिँदै आएका छन् । तर सरकारी अधिकारीहरुले भने कोरोना समुदायमा नफैलिएको दावी गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
