जनस्वास्थ्य सरोकार, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालको आसोलेसनमा उपचाररत कोभिड १९ कोरोना भाइरस संक्रमितहरुमध्ये २ महिने शिशुसहित एकै परिवारका १८ जना निको भएर गएराति अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा संक्रमित ८९ जना उपचाररत थिए ।
यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १०५ पुगेको छ ।अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज उनीहरुलाई डिस्चार्ज गरिएको थियो । अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । सो परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि संक्रमित सबैलाई बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
