जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार अपरान्ह मुलुकमा १५ जिल्लाका थप ९० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकैदिन यति धेरै कोरोना संक्रमित पुष्टि भएको यो सर्वाधिक संख्या मानिएको छ । मंगलबार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ र बाँकेका ८, सिराहाका ५, बाराका ३ र महोत्तरी, गुल्मी, अर्घाखाँची तथा स्याङ्जामा २—२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी जुम्ला घर भई बारामा कार्यरत दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । धनुषा, रूपन्देही, कैलाली र अछाममा एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु अधिकांश पुरुष रहेका छन् ।नारायणी अस्पतालबाट थप ४३ जना कोभिड—१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोराना जित्नेहरुको संख्या १५५ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ ।
मंगलबार देशका विभिन्न स्थानमा ५५ हजार २८२ जना क्वारन्टीनमा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यो अहिलेसम्मको सर्वाधिक हो । क्वारिन्टिमा प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै संख्यामा छन् । उनीहरू अधिकांश भारतबाट फर्किएका व्यक्तिहरु हुन् ।नेपालमा अहिलेसम्म पिसिआर विधिबाट ५४ हजार ४२४ वटाभन्दा बढी नमुना परीक्षण गरिएको छ । बिना परीक्षण भारतबाट अनियन्त्रित रूपमा नेपालीहरू नेपाल भित्रिदा रोग फैलिने सम्भावना बढेको विज्ञहरुले बताउँदै आएका छन् । अब आलोपालो काम स्वास्थ्य तथा जनसङ्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले अस्पतालमा कार्यरत जनशक्तिलाई दुई समूहमा विभाजन गरेर काम लगाउने निर्णय गरेको छ । सबै अस्पतालहरूलाई उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो काममा खटाउन सचिवस्तरीय निर्णय भएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ । पहिलो टोलीले एक हप्ता र दोस्रो टोलीले दोस्रो हप्ता गरेर आलोपालो काम गर्ने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

