जनस्वास्थ्य सरोकार, बीरगञ्ज । बीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत ३० जना संक्रमितमध्ये २१ जनालाई मंगलबार राति डिस्चार्ज गरिएको छ । यो सँगै मुलुकमा कोभिड—१९ जित्नेहरुको संख्या १७६ पुगेको छ ।
उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, कोरोना जितेर डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् ।प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट १ सय २ जनामा कोरोना संक्रमितहरु उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो । नारायणी अस्पतालले कोरोना संक्रमितहरुलाई थेग्न नसकेपछि ३० जनालाई गत साता गण्डक अस्पतालमा राखेर उपचार शुरु गरेको थियो, भने बाँकी ७२ जनाको नारायणी अस्पतालमै उपचार भइरहेको थियो ।
नारायणी अस्पतालमा उपचाररत ७२ जना संक्रमितहरुमध्ये शनिबार ९ जना तथा सोमबार ६३ जना गरी सम्पूर्ण संक्रमितहरुलाई डिस्चार्ज भइसकेका छन् । यता गण्डक अस्पतालमा भने उपचाररत ३० जना संक्रमितहरुमध्ये मंगलबार राति २१ जना डिस्चार्ज भएका र बाँकी ९ जना संक्रमितहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।हालसम्म मुलुकमा कोरोना संक्रमितहरुको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
