नेभिगेशन

एकैदिन धेरै संक्रमण पुष्टि, ११४ थपिए, कुल ८८६ संक्रमित, १८३ निको भए

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा एकैदिन ११४ कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन यतिधेरै संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ । ति मध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएर घर फर्किएको मन्त्रायको तथ्याङ्गकले देखाएको छ ।
सरकारले परीक्षणको दायर बढाउँदै सातै प्रदेशका २० अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिरहेको छ भने देशभर आरडीटी विधिबाट व्यापक परीक्षण भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय २५ र आरडीटीबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा मा रहेका छन् । कोभिड १९ संक्रमितमध्ये हालसम्म ४ जनाको ज्यान गइसकेको छ । बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको संख्या ५५ लाख नाघेको छ भने मृत्यु हुनेहरुको संख्या ३ लाख ४८ हजार बढी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट