जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मात्र थप १५६ जना कोभिड १९ कोरोनाभाइरस संक्रमित पुष्टि गरेको छ । यो सर्वाविधक हो ।
मन्त्रालयका अनुसार, आज कोरोना पुष्टि भएकाहरुमा धनुषा २९, झापा २५, रौतहट २०, महोत्तरी १७, सप्तरी १४, सुर्खेत १३, दैलेख ८, सर्लाही ७, सिराहा ६, स्याङ्जा ३, बर्दिया ३, दोलखा २, कैलाली २, नवलपुर १, सोलुखुम्बु १, बझाङ १ दार्चुला १, मकवानपुर १, बाँके १ र सुर्खेतमा गरिएको परीक्षणमा बोल्न नसक्ने १ महिला रहेका छन् ।यसअघि हिजो ११४ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १ हजार ४२ पुगेको छ ।
यसैगरी कोरोना संक्रमित भएकाहरुमध्ये थप एकजनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार कोरोनाबाट ज्यान गुमाउने ललितपुरका ५६ वर्षीय पुरुष रहेका छन् । यो सँगै कोरोनाबाट नेपालमा मृत्यु भएकाहरुको संख्या ५ पुगेको छ । कोरोना संक्रमितहरुमध्ये १८७ जना निको भएर घर फर्केका छन् ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालका ५१ जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टिभएको जानकारी गराउनुभयो । जसमा प्रदेश नं १ मा ८, प्रेदश नं.२ मा ८, वाग्मती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश नं ५ का नौ, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशका सातवटा जिल्ला रहेका छन् । मन्त्रालयको तथ्याङ्ककअनुसार, हालसम्म देशभरि ८६,०५७ व्यक्ति क्वारन्टीन र ८५० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन् । यसैगरी पीसीआर विधिबाट कुल ६०,६९६ वटा परीक्षण गरिएकोे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
