जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार मात्र एकै दिन थप १७० जना कोरोना पुष्टि भएका छन् ।
शुक्रबार मात्र काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट २ र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना गरी १९ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म कोरोना निको भएर घर जानेहरुको संख्या २०६ पुगेको छ । कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, कोरोना संक्रमितमध्ये छैटौ ज्यान व्यक्ति अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन् । उनको बुधबार राति मृत्यु भएको हो । मृतक हालै भारतबाट आएका थिए ।अहिले ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका र संक्रमणको आशंकामा आइसोलेसनमा १ हजार जना राखिएको छ । हालसम्म मुलुकमा पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ । मुलुकमा प्रदेश नम्बर ५ र २ मा अत्यधिक कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
