जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार मात्र थप १८९ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या १४ सय १ पुगेको छ ।
संक्रमितमध्ये १२ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् । यसैगरी शनिबार मात्र १३ जना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या २१९ पुगेको छ । कोरोना निको हुनेहरुमा १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन् ।हालसम्म १ हजार १ सय ७६ आइसोलेसनमा छन् । मुलुकभर १ लाख १० हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, मुलुकमा पीसीआर विधिबाट ६६ हजार ७ सय २९ र आरडीटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । गत २४ घण्टामा २ हजार ५७५ नमुनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म मुलुकमा ५३ जिल्लामा संक्रमण फैलिसकेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
