जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १६६ जना कोभिड १९ कोरोना भाइरस संक्रमित भएका छन् । यासँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या १५ सय ६७ पुगेको छ ।
मुलुकका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी मुलुकमा कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या आठ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो । यसअघि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ जना थियो ।दैलेखका पुरुषको शनिबार र बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ । जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन् । आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको थियो ।
हालसम्म मुलुकमा क्वारेन्टाइनमा एक लाख १९ हजार १ सय ९२ जना र आइसोलेसन १ हजार ३ सय ४९ जना रहेका छन् । नेपालमा अहिलेसम्म पिसिआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट १ लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडीटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ । हालसम्म देशमा ५७ जिल्लामा संक्रमण फैलिसकेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
