जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबारमात्र थप २३९ जनामा कोभिड—१९ कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या १८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १ हजार ६७८ पुरुष र १३२ महिला रहेका छन् ।
विगत ६ दिनमा मात्रै १ हजार ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सोमबार डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन् । उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै मुलुकमा कोरोना जित्नेको संख्या २२१ पुगेको छ । कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ८ छ । सोमबार थप सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको छ । यो सँगै मुलुकमा ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयको तथ्यांकमा छ ।हालसम्म देशमा आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९ सय ७५ पुगेको छ । मुलुकमा पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन ्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडीटी विधिबाट २ हजार ६ सय ४८ थप नयाँ नमूना परीक्षण भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
