जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मंगलबार ४५ जनाले कोरोना जितेका छन् ।
उनीहरुमध्ये त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षीया १ महिला (१० दिनमा डिस्चार्ज), गुल्मी अस्पतालबाट ३१ वर्षीय १ जना पुरुष (८ दिनमा डिस्चार्ज), भिम अस्पतालबाट २५ जना ( रुपन्देहीका ५ देखि ५० वर्षका ४ जना महिला र १२ जना पुरुष गरी १६ जना, उनीहरु ११ देखि २१ दिनको अवधिमा निको भएर डिस्चार्ज, कपिलवस्तुका १९ देखि ३६ वर्षका ९ जना पुरुष ११ देखि २१ दिनमा डिस्चार्ज), यसैगरी धरानमा १८ जना डिस्चार्ज भएका छन् उनीहरुमध्ये सुनसरीकी ५१ वर्षीया महिला जो १२ औं दिनमा डिस्चार्ज, झापाका १७ देखि ५२ वर्ष उमेरका १७ जना पुरुष, उनीहरु १२ देखि १४ दिनमा डिस्चार्ज) भएका छन् ।
यसरी मुलुकमा कोभिड १९ निको हुनेहरुको संख्या २६६ पुगेको छ । जसमा पुरुष २१२ र महिला ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितमध्ये ८ जनाको ज्यान गएको छ ।मुलुकमा मंगलबार मात्र २ सय ८८ जनामा कोभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । उनीहरुमध्ये २७० पुरुष र १८ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोभिड १९ संक्रमितहरुको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ९ सय ४९ जना पुरुष र १५० महिला रहेका छन् । सोमबार मात्र २ सय ३९ जनाका कोरोना पुष्टि भएको थियो । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ । हालसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडीटी विधिबाट २ हजार ५ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । १ लाख ४५ हजार ३ सय ७५ क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेको अधिकांश भारतबाट नेपाल भित्रिएका व्यक्ति छन् । नेपालमा ७७ मध्ये ६१ जिल्लामा सङ्क्रमण रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
