जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत थप एक जना चिकित्सकमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार अस्पतालका २ जना बिरामी, एक नर्स र एक चिकित्सकमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रेसिङ गरिएका थप अर्का चिकित्सको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
संक्रमित चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी र बिरामीको ट्रेसिङ भइरहेको छ । यसरी संक्रमित भेटिएपछि केएमसीको आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ । अस्पताल सरसफाई गरी संक्रमणमुक्त बनाउने काम भइरहेको जनाइएको छ ।
संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पुरषहरु २१ सय ३० जना र महिला १७० जना रहेका छन् ।
हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
ते¥ह्रथुम, ताप्लेजुङ र पाँचथरमा नयाँ संक्रमण देखिएसँगै मुलुकमा संक्रमण देखिएका जिल्लाहरुको संख्या ६४ पुगेको छ ।
मुलुकमा कोरोना जित्नेहरुको संख्या २७८ पुगेको छ । यसमा २२२ पुरुष ५६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रादयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरुमध्ये मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

