जनस्वास्थ्य काठमाडौं । बुधबार १२ कोरोना संक्रमितहरुले कोभिड १९ जितेका छन् । यसरी कोरोना जित्नेहरुमा जनकपुर अस्पतालबाट ५, टेकु अस्पताल काठमाडौंबाट १, वलम्बुस्थित युनिफाइड अस्पतालबाट १, त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट १, बुटवलबाट ४ जना गरी १२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या २७८ पुगेको छ । यसमा २२२ पुरुष ५६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रादयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
नेपालमा बुधबार २०१ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पुरषहरु २१ सय ३० जना र महिला १७० जना रहेका छन् । हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् ।हालसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । ते¥ह्रथुम, ताप्लेजुङ र पाँचथरमा नयाँ संक्रमण देखिएसँगै मुलुकमा संक्रमण देखिएका जिल्लाहरुको संख्या ६४ पुगेको छ । हालसम्म ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

