जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरुको मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार दोलखाका ७६ वर्षीय एक पुरुषको निधन भएको छ । उनी जेष्ठ १३ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोराइजिक स्ट्रोकको शल्यक्रिया गरिएको थियो । गत जेठ १५ गते स्वाव परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि थप उपचारका लागि त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जको आईसियू कक्षमा राखिएको थियो । उनको आज निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
नेपालमा बुधबार २०१ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पुरषहरु २१ सय ३० जना र महिला १७० जना रहेका छन् ।
हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा नयाँ संक्रमण देखिएसँगै मुलुकमा संक्रमण देखिएका जिल्लाहरुको संख्या ६४ पुगेको छ ।
मुलुकमा कोरोना जित्नेहरुको संख्या २७८ पुगेको छ । यसमा २२२ पुरुष ५६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रादयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
