‘उपचारमा लापरबाही गर्नुहुँदैन’, ‘स्वास्थ्यकर्मीले सँधै नम्र व्यवहार देखाउनुपर्छ’ भन्ने सबैलाई थाहा छ । उपचार गर्दा होस् वा शल्यक्रिया गर्दा जुनसुकै बेला पनि बिरामीको मृत्यु हुनसक्छ भन्ने कुरा सबैलाई थाहा छ ।
‘गल्ती गर्यो होला र मृत्यु भयो’ भनेर सोच्ने अधिकार पनि सबैलाई छ । त्यस्तो सोचाइ रोक्न सकिदैन पनि । कहिलेकाँही हामी चिकित्सकहरुलाई पनि आफ्नो बिरामी एउटा अस्पतालमा मृत्यु भएको बेला ‘अर्कैमा लैजान पाएको भए हुन्थ्यो कि वा अर्को डाक्टरलाई देखाएको भए हुन्थ्यो कि’ भन्ने लागिरहन्छ ।तर यो कुरा हामी मनभित्र मात्र राख्छौं । बाहिर कसैसँग बोल्दैनौं किनभने हामीलाई प्रमाण नपुगी बोल्न हुँदैन भन्ने राम्रो थाहा छ । समाधान सजिलो छ । नियमलाई कार्यान्वयनमा ल्याउने मात्र हो । सिकिस्त बिरामीहरुको उपचार गर्दा वा सर्जरी गर्दा बिरामी र आफन्तसँग राम्रोसँग काउन्सिलिङ गरेमा लफडा हुने सम्भावना अन्यन्त कम हुन्छ । तर पनि मृत्युको समाचार बताउँदा सुरक्षित भएर मात्र बताउनुपर्छ । कम जोखिम, हिँडेर आएका, भर्खरका बिरामीको उपचारको क्रममा मृत्यु हुँदा भने परिस्थिति बेग्लै सम्झनुपर्छ । जतिसुकै राम्रो काउन्सिलिङ गरेको भएपनि मृत्युलाई आत्मसात् गर्न कसैले सक्दैन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक र अस्पतालमाथि आक्रमण हुने, नारा जुलुस, तोडफोड, यस्तै घटना हुने गर्दछ । पूरै सुरक्षित नभएसम्म मृत्युको खबर दिनुहुँदैन । आफूसँग पहिला जति राम्रो सम्बन्ध भएपनि ‘लापरबाही नै होला’ भन्ने सोचेको हुन्छन् मानिसहरुले । त्यसैले आक्रमणमा परिने सम्भावना उच्च रहन्छ । त्यो बेला बच्नुको विकल्प छैन । यस्तो बेला उनीहरुले आक्रमण गर्छन्, मार्न पनि सक्छन् । छानबीन पछि निर्दोष देखिएमा पछताउनुबाहेक के हुन्छ र । आखिर स्वास्थ्यकर्मी पनि मरिसकेको हुन्छ ।
कसैको मृत्यु भयो भने रुने कराउने रिसाउने स्वभाविक प्रतिक्रिया हो । तर यस्तो विधि बनाइदिनु पर्छ कि राज्यका अंगहरुले, स्वास्थ्यकर्मीलाई आक्रमण गर्दा वा अस्पताल तोडफोड गर्दा कडा कारबाही भोग्न परोस् । ताकि अर्को पटकदेखि कसैले यस्तो आाक्रमण सोच्नै नसकोस्, छानवीन गर्ने प्रक्रिया शुरु भइहालोस् । त्रुटी भएको रहेछ भने जस्ताको तस्तै निष्कर्ष बाहिर आउनुपर्छ । कारण पत्ता लागेपछि त्यो कारणले सच्चिने मौका पाउँछ । भविष्यमा यही गल्तीले अन्य बिरामीको मृत्यु हुन पाउँदैन ।बिरामी पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्छ । माफी माग्नुपर्दछ । स्वास्थ्यकर्मीलाई तालिममा पठाएर हुन्छ कि के गरेर हुन्छ, उसले यस्तै गल्ती दोहोर्याउनुहुँदैन । अस्पताल तोडफोड हुनहुँदैन, स्वास्थ्यकर्मीमाथि आक्रमण रोकिनुपर्दछ । मेडिकल त्रुटीले हाम्रा बिरामीहरुमा अनावश्यक समस्या थपिनुहुँदैन । (लेखक किष्ट मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

