जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंहलाई सरुवा गरेको छ । सिंह मन्त्रालयका १२ औं तहका कर्मचारी हुन् ।
यसअघिका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा सरुवा गरिएको छ । यसैगरी आपूर्ति महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा. रमेश खरेललाई ल्याइएको छ । यसअघिका आपूर्तिका निर्देशक डा.भोगेन्द्र प्रसाद डोटेललाई मन्त्रालय सरुवा गरिएको छ ।स्वास्थ्य सामग्री खरीदमा विवादमा मुछिएको मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३ जनालाई सरुवा गरेको हो । यसअघि मन्त्रालयले स्वास्थ्य सचिव यादव कोइरालालाई सरुवा गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
