जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोेभिड १९ कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै मुलकमा कोभिड १९ संक्रमितहरुको संख्या २६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार, बिहीबार संक्रमित हुनेहरुमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना रहेका छन् । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म मुलुकमा १ लाख ६१ हजार २ सय ६२ जना क्वारेन्टाइमा रहेका छन् । यसैगरी २ हजार ३ सय ३५ जना आइसोलेसनमा रहेका छन् । बिहीबार नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना गरी १२ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल संक्रमितमध्ये कोरोना निको हुनेहरुको संख्या २ सय ९० पुगेको छ । हालसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ परीक्षण गरिएको छ ।
कोभिड १९ का कारण थप एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन् । भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो । उनको जेठ २० गते मृत्यु भएको थियो । तर नमुना परीक्षण गर्दा मृत्यु भएको ३ दिनपछि मात्र कोरोनाभाइरस सङक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितमध्ये १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
