जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन् ।
अहिले आइसोलेसनमा दुई हजार पाँच सय ६८ जनाको उपचार भइरहेको छ । शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ३३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलति नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ । जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ । यद्यपी फेरि आरडिटी परीक्षणले झुक्याएको छ । आरडीटी परीक्षणमा संक्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा. देवकोटाले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ११ पुगेको छ ।अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन् । हालसम्म पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ । गोरखा, कास्की र हुम्लामा पनि संक्रमित भेटिएपछि कोभिड—१९ बाट प्रभावित हुने जिल्लाको संख्या ६८ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

