जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप ३२३ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार ३३४ र शुक्रबार २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिले आइसोलेसनमा दुई हजार ८ सय ५७ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् ।
शनिबार मात्र ३२ जना डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेहरुमा जनकपुर प्रदेशिक अस्पतालबाट १५, सुशिल कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट ४, सेति अस्पतालबाट ६ जना, सुर्खेतबाट ७ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ । उनीहरुमध्ये २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् ।
शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका–३ एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो । उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको हो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाले गाँउपालिकाका सबै नाका सिल गरिएको छ । उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् ।त्यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन् । उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो । त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनमा कोरोनाको कुनै लक्षण नदेखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ । अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन् । हालसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार ४ सय ३५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ११ र आरडीटी विधिबाट ५ हजार ५ सय ७० जनाको नमुना परीक्षण गरिएको छ । जाजरकोट र डोल्पामा पनि संक्रमित भेटिएपछि कोभिड—१९ बाट प्रभावित हुने जिल्लाको संख्या ७० पुगेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

