जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरुमध्ये मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका–३ एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो । उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको हो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाले गाँउपालिकाका सबै नाका सिल गरिएको छ । उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् ।त्यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन् । उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो । त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनमा कोरोनाको कुनै लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा शनिबार थप ३२३ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ । कोरोना संक्रमितमध्ये १३ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
