जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३२ सय ७३ जना पुगेको छ । गोरखामा पहिलोपटक संक्रमण देखिएको छ । यो सँगै मुलुकमा संक्रमित जिल्लाहरुको संख्या ७१ पुगेको छ ।हालसम्म मुलुकमा आइसोलेसनमा दुई हजार ८ सय ५७ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश छिमेकी देश भारतबाट आएका रहेका छन् । मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ । उनीहरुमध्ये २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् । यसैगरी नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ । अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन् । हालसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार ४ सय ३५ जनाको नमुना परीक्षण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
