जनस्वास्थ्य सरोकार, काठमाडौं । आइतबार थप २१३ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितहरुको संख्या ३,४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म सबभन्दा धेरै संक्रमित प्रदेश २ मा भेटिएको छ । त्यहाँ ११६१ संक्रमित पाइएको छ । त्यसपछि प्रदेश ५ मा १०८१ जनामा सङ्क्रमण पाइएको छ । कर्णाली प्रदेशमा ६३३ जना संक्रमित पाइएका छन् भने प्रदेश १ मा २५९, वाग्मति प्रदेशमा ९२, गण्डकी प्रदेशमा १११, सुदुरपश्चिम प्रदेशमा १११ जनामा संक्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।हालसम्म मुलुकमा आइसोलेसनमा २ हजार ९ सय ६८ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश छिमेकी देश भारतबाट आएका रहेका छन् । आइतबार १०२ जना डिस्चार्ज भएका छन् । उनीहरु विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना, बाराबाट ३४, कोरानो भाइरस युनिभाइड हस्पिटल बलम्बुबाट १, बुटवलबाट २७, दाङबाट १०, गौरबाट १८ जना डिस्चार्ज भएका हुन् । यसरी मुलुकमा कोरोना जित्नेहरुको संख्या ४ सय ६७ जना पुगेको छ । उनीहरुमध्ये ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । यसैगरी नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ रहेको छ । हालसम्म पीसीआर विधिबाट ९६ हजार २ सय ५ र आरडीटी विधिबाट एक लाख ४५ हजार ४९ जनाको नमुना परीक्षण गरिएको छ । रोल्पामा पनि संक्रमित भेटिएपछि कोभिड—१९ बाट प्रभावित जिल्लाको संख्या ७२ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

