जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ३१४ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५८ वर्षीय एक पुरुषको पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा सोमबार बिहान निधन भएको हो । उनमा आइतबार साँझ कोरोना पुष्टि भएको थियो । मृगौला, उच्च रक्तचाप, सुगरको समस्या भएका मृतक जेठ २१ गते राति भारतबाट वालिङ आएको र स्वास्थ्यमा समस्या देखिएपछि २२ गते बिहान उपचारका लागि पोखरा पठाइएको जनाइएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १४ पुगेको छ ।सोमबार थप २१ जना डिस्चार्ज भएका छन् । बाँकेबाट २० जना पुरुष र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर घर फर्किएका हुन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ४८८ पुगेको छ । जसमा पुरुष ४१९ र महिला ६९ रहेका छन् ।
मुलुकभर १ लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा र ३ हजार २६० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७१ जिल्लामा संक्रमण फैलिएको र देशभरका २१ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।हालसम्म पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९४२ जनाको नमुना गरी १६ हजार ७०८ नमूना परीक्षण भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

