जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ३२३ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । त्यसमा पुरुष ४ हजार ७९८ र महिला २८७ रहेको छ ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौमका अनुसार, मंगलबार संक्रमित पुष्टि हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर अस्पतालमा चितवन महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए । यो सँगै नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १४ पुगेको छ ।मंगलबार विभिन्न ठाउँबाट थप ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ५८४ पुगेको छ । मुलुकभर १ लाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा र ३ हजार ४८७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको र देशभरका २१ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ । हालसम्म पीसीआर विधिबाट १ लाख ६ हजार ३ सय ३१ र आरडीटी विधिबाट एक लाख ६६ हजार १ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ र आरडीटी विधिबाट ९ हजार १ सय ६७ जनाको नमुना परीक्षण भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान
मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य
मंगलबार, चैत ३, २०८२
काबुल अस्पतालमा हवाई आक्रमण: अफगानिस्तानको दाबी अनुसार ४०० जनाको मृत्यु
मंगलबार, चैत ३, २०८२ट्रेन्डिङ

