जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बुधबार थप २७९ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४ हजार ३६४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौमका अनुसार, विगत २४ घण्टा गरिएको परीक्षणमा रौतहटका ५३, कपिलवस्तुका ४८, दैलेखका २५, सर्लाहीका २६, धादिङका १६, पाल्पा र कैलालीका १२—१२ र धनुषाका ११ जनामा कोरोना भाइरस देखिएको छ ।
त्यसैगरी सुर्खेतका नौ, मोरङका आठ, रूपन्देहीका सात, प्युठान र सप्तरीका ६—६, नवपलपरासी पश्चिमका पाँच तथा झापा र गोरखाका चार—चार जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । यसैगरी चितवन, नवलपुर, बाँके, दार्चुला, कञ्चनपुर, डडेलधुरा, नुवाकोट, सिन्धुली र सिराहमा पनि केही व्यक्तिमा संक्रमण देखिएको छ ।
अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोभिड—१९ पुगिसकेको छ । मुलुकमा कोरोनाबाट मर्नेहरुको संख्या १५ पुगेको छ । बुधबार विभिन्न ठाउँबाट थप ९० जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ६७४ पुगेको छ ।अहिले क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ जना बसेका छन् भने ३ हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । देशभरका २१ वटा प्रयोगशालाहबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ । पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार ८ सय २२ जनाको नमुना परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ
