जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बिहीबार थप २५० जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै ७२ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ४,६१४ पुगेको छ । यसअघि बुधबार २७९ र मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बिहीबार १८७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ८६१ पुगेको छ ।
मन्त्रालयका अनुसार, नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भएको छ ।
प्रदेश नं १ का १३ जिल्लामा ३०७ जना, प्रदेश नं २ का ८ जिल्लामा १,६७१, वागमती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना संक्रमित भेटिएको छ । यसैगरी प्रदेश नं ५ का १२ जिल्लामा १,३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना संक्रमित रहेका छन् ।क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ६२ हजार २१३ जना बसेका छन् भने ३ हजार ७३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेशमा र प्रदेश नं. २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन् । अहिलेसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९३० जना र आरडीटी विधिबाट १ लाख ७८ हजार १४३ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,२६३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हस्पिटल अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
