
यद्यपी नेपालमा पहिलोपटक कोभिड १९ संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर सफल उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी गराएको छ । अस्पतालका अध्यक्ष आर.एस. भण्डारी भन्नुहुन्छ—‘अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आईसियू) मा भेन्टिलेटरमा राखेर उहाँको उपचारमा तल्लिन सम्पूर्ण चिकित्सक, नर्सलगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टीमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरन्वान्वित भएका छौं ।’अस्पतालको सेवालाई विश्वास गरी उपचार गराउन मञ्जुरी दिएका बिरामी र परिवारप्रति अस्पतालले आभार व्यक्त गरेको छ । साथै उपचारका क्रममा अहोरात्र खटिएका सम्पूर्ण कर्मचारी प्रति हार्दिक धन्यावद प्रकट गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर अस्पतालले कोभिड १९ संक्रमितको उपचार शुरु गरेको थियो । ‘कोभिड १९ का साथै अन्य समस्या देखापरेका सम्पूर्ण बिरामीको उपचार गर्नु हामी सबैको दायित्व भएको महसुस गरेका छौं ।’—अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द शर्मा भन्नुहुन्छ—‘अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व प्रति निरन्तर प्रतिवद्ध छौं । अस्पतालमा सेवा लिन चाहने सेवाग्राही र का सम्पूर्ण जनमानसलाई निर्धक्क भएर सेवा लिन सकिने विश्वास दिलाउन चाहन्छौं ।’ [caption id="attachment_26894" align="aligncenter" width="961"]


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

बयालपाटा अस्पताल सञ्चालनको जिम्मा अब प्रदेश सरकारलाई
सोमबार, असार २३, २०८२
बचतकर्तालाई मिल्नेछ १० लाखसम्मको उपचार सहायता
सोमबार, असार २३, २०८२
अक्सिजन प्लान्ट खरिदमा अनियमितता, पाँच जनाविरुद्ध अख्तियारको मुद्दा
सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग रोकिँदा नेपालको स्वास्थ्य सेवा प्रभावित
सोमबार, असार २३, २०८२ट्रेन्डिङ