जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा शुक्रबार थप ४४८ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ ।
यो सँगै ७२ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ५,०६२ पुगेको छ । यसअघि बिहीबार २५० र बुधबार २७९ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमितहरुमध्ये ८७७ जना निको भएका र थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सहित मृतकको कुल संख्या १६ पुगेको छ ।शुक्रबार मरणोपरान्त संक्रमण पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्लाका हुन् । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट फर्किएर स्थानीय क्वारन्टीनमा बसेका थिए । साथै श्वासप्रश्वासमा समस्या आएपछि बुटवलस्थति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई फर्किने क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार, विगत २४ घण्टामा ५ हजार ९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । यससँगै कोरोना भाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने पिसिआर विधिबाट गरिएको परीक्षण संख्या १ लाख २१ हजार ८६२ पुगेको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ रहेको छ । अहिले देशभरि १ लाख ५८ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

