जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप २७३ जनामा कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । त्यसमा पुरुष ४ हजार ९४९ र महिला ३८६ रहेका छन् ।
पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको वेवारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । जेठ २८ गते शव भेटिएपछि उनको नारायणी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको कोरोनाकै कारण मृत्यु भएको छ । उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएका उनको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।
नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १६ पुगेको छ ।
शनिबार बिभिन्न ठाउँबाट थप ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ९१३ पुगेको छ । यसमा पुरुष ८२२ जना र महिला ९१ जना रहेका छन् ।मुलुकभर १ लाख ५० हजार ५४९ जना क्वारेन्टाइनमा र ४ हजार ४०४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ । हालसम्म पीसीआर विधिबाट १ लाख २७ हजार २ सय ८८ र आरडीटी विधिबाट १ लाख ९० हजार ५ सय ८२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ६ सय ६१ र आरडीटी विधिबाट २ हजार ५ सय ३० जनाको नमुना परीक्षण भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

बयालपाटा अस्पताल सञ्चालनको जिम्मा अब प्रदेश सरकारलाई
सोमबार, असार २३, २०८२
बचतकर्तालाई मिल्नेछ १० लाखसम्मको उपचार सहायता
सोमबार, असार २३, २०८२
अक्सिजन प्लान्ट खरिदमा अनियमितता, पाँच जनाविरुद्ध अख्तियारको मुद्दा
सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग रोकिँदा नेपालको स्वास्थ्य सेवा प्रभावित
सोमबार, असार २३, २०८२ट्रेन्डिङ