जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बिहीबार थप २५० जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुममा नयाँ संक्रमित देखिएसँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ५,७६० पुगेको छ । त्यसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।
यसैगरी आइतबार ६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ९७४ पुगेको छ । जसमा पुरुष ८७७ जना र महिला ९७ जना रहेका छन् ।मन्त्रालयका अनुसार, नेपालमा कोरोनाकै कारण हालम्म १८ जनाको मृत्यु भएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ४३ हजार ६४१ जना बसेका छन् भने ४ हजार ७६७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेशमा र प्रदेश नं. २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन् । अहिलेसम्म पीसीआर विधिबाट १ लाख २३ हजार ३७७ जना र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,०८९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

