जनस्वास्थ्य सरोकार काठमाडौं । अब सरकारले निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट कोभिड १९ परीक्षण गराउने भएको छ ।
सरकारले संकलन गरेका नमुना निजी प्रयोगशालाहरुलाई परीक्षण गराउन दिने भएको हो । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गरिएका प्रति नमुनावापत् ५ हजार ५ सय रुपियाँ शुल्क निजी प्रयोगशालाहरुलाई भुक्तानी दिने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएका पिसिआर परीक्षणका नमुनाहरु आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाहरुलाई पनि जाँच्न दिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो—‘पिसिआर विधिबाट कोभिड १९ परीक्षणका लागि लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’यसैगरी विदेश जानुपर्ने भिसा वा निरोगिताको प्रमाणपत्रका लागि दिने नमुना संकलन वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाइएको छ । यसका लागि सम्बन्धित व्यक्तिले ५ हजार ५ सय शुल्क तिर्नुपर्ने छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
