नेभिगेशन

पाल्पामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संङख्या ४० पुग्यो

add final

जनस्वास्थ्य सरोकार, पाल्पा।आइतवार एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै पाल्पामा संक्रमितको संङख्या ४० पुगेको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार साँझ यसको पुष्टि गरेको हो । यस अघि २३ जनामा संक्रमण थियो । जिल्लाको रम्भा गाउँपालिका हुँगीमा रहेको क्वारेण्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका घर भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए ।  थपिएका १७ संक्रमितमध्ये एक १३ वर्षकी बालिका र १६ पुरूष छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट