जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको समयमा यसको परीक्षणलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आयोजना, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को समन्वय तथा विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण दिइएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा नाक र मुखबाट स्वाब संकलन गर्दा अपनाउने विधि, पीपीई लगाउने तथा फुकाल्ने तरिका, स्वाबको नमुना पिसिआर प्रयोगशालासम्म पुर्याउँदा अपनाउनुपर्ने सुरक्षित उपाय लगायतका बारेमा सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण गराइएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।सातै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणमा २१० जना प्रयोगशालाकर्मीहरुले सहभागिता जनाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लेखनाथ भट्टराईले बताउनुभयो । तालिममा मेडिकल टेक्नोलोजिष्ट कृष्ण अधिकारी र दीपक सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

