जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको समयमा यसको परीक्षणलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आयोजना, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को समन्वय तथा विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण दिइएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा नाक र मुखबाट स्वाब संकलन गर्दा अपनाउने विधि, पीपीई लगाउने तथा फुकाल्ने तरिका, स्वाबको नमुना पिसिआर प्रयोगशालासम्म पुर्याउँदा अपनाउनुपर्ने सुरक्षित उपाय लगायतका बारेमा सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण गराइएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।सातै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणमा २१० जना प्रयोगशालाकर्मीहरुले सहभागिता जनाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लेखनाथ भट्टराईले बताउनुभयो । तालिममा मेडिकल टेक्नोलोजिष्ट कृष्ण अधिकारी र दीपक सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ
