जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ४५१ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ६,२११ पुगेको छ । यसैगरी सोमबार ६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १०४१ पुगेको छ । जसमा पुरुष ९३७ जना र महिला १०२ जना रहेका छन् ।मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण हालम्म १९ जनाको मृत्यु भएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । हालसम्म क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना बसेका छन् भने ५ हजार १५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ जना र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,३०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । सोमबार ४९९ जना रेडजोनमा परेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

