जनस्वास्थ्य सरोकार, पाल्पा । सोमबार १० जना नयाँ संक्रमित थपिएसंगै पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या ५० पुगेको छ । पुर्वखोला गाउँपालिकामा मात्रै एकैपटक १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
पूर्वखोला १, २, ३ र ४ नं. वडाका १० जना पुरुषमा सोमबार कोरोना संक्रमण देखिएको हो । प्रदेश जजस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस देखिएको हो । संक्रमित १८ देखि ४७ वर्षका पुरुष छन् ।संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वीरकोटको क्वारेन्टाइनमा, र ८ जना शम्भु मावि जल्पाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
