जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसिरहेका छन् भने उनिहरुलाई अस्पताल लग्ने तयारी समेत भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराए । डा.शर्माका अनुसार आज संक्रमण देखिनेमा नवलपरासी हप्सेकोट गाउँपालिकाका १४ जना पसरुष रहेका छन् । त्यसैगरि मध्यविन्दु नगरपालिकाका २ जना पुरुष छन् । स्थानीय तह नखुलेका एक जना वर्षका पुरुष र कावासोती नगरपालिकाका अर्का एक जना संक्रमितको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको हो । यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
